ठूलोपर्दा डटकम।
कैलालीमा सञ्चालनमा रहेको चलचित्र घर ‘चन्दन टाकिज’ शिलबन्दी गरिएको छ । नेपालमा सेन्सर नै नभएको बलिउड चलचित्र ‘ग्रेट ग्रान्ड मस्ती’ प्रदर्शन गरेको पाइए पछि जिल्ला प्रशासन कार्यालयले शिलबन्दी गर्दै कम्प्यूटर, प्रोजेक्टर, सर्भर, चलचित्रको अवैधानिक कपी लगायतका सामग्री जफत गरेको छ ।
जिल्ला प्रशासन कार्यालय र चलचित्र विकास बोर्डले संयुक्त छापा मारेर हलका सामान जफत गरेको हो । अनुगमनका लागि चलचित्र विकास बोर्डका तर्फबाट चिरञ्जिबी गुरागाँई र पुष्कर नेपाल पुगेका थिए ।
बोर्डले बारम्बार ताकेता गर्दा पनि हल नविकरण समेत भएको थिएन ।