गाउँ‍-गाउँमा बालबालिकाहरुलाई नाटक सिकाउँदै नक्कली प्रचण्ड



nakkali-prachanda

ठुलोपर्दा डटकम, काठमाण्डौ।
गाउँ-गाउँका विद्यालयका बालबालिकाहरुलाई नाटक सिकाउँदै मेरी बास्सैका नक्कली प्रचण्ड यति खेर सिन्धुपाल्चोक जिल्लाको टेकानपुर गाविस स्थित कालिका उच्च माविमा पुगेका छन् ।

विद्यार्थीहरुलाई विद्यालय मै सात दिने फोरम थियटरको तालिम पश्चात विद्यार्थीहरु आँफै फोरम थियटर नाटक पदर्शन गर्न सफल भएका प्रशिक्षक घनश्याम गौतम (नक्कली प्रचण्ड) ले बताएका छन् । तालिमका क्रममा बाल बालिकामा हुने दुर्व्यबहार, सजाय, यातना, बालश्रम, बेचविखन जस्ता विषयबस्तुलाई नाटकमा समावेश गरि प्रशिक्षण गरिएको थियो ।

सात दिने फोरम थियटर नाटक तालिम पश्चात विद्यालयका बाल बालिकाहरुको जीवन्त अभिनय देखेर नाटक हेर्न आएका दर्शकहरुको आँखा रसाएको थियो । यसरी गाउँ-गाउँमा कलाकार जन्माउन पाउँदा आफूलाई साह्रै खुसी र आनन्द आउने बताउँछन गौतम । आमर्ट नामक संस्थाको आयोजनामा संचालन भएको सो तालिम टेकानपुर, पांग्रेटार र अत्तरपुर गाविसका अन्य विद्यालयहरुमा पनि हुने कुरा आमर्टका शिक्षा अधिकृत ओमकुमार श्रेष्ठले बताएका छन् ।

२०५१ साल देखि निरन्तर अभिनय र प्रशिक्षणमा सक्रिय रहेका गौतमले देशभर पाँचहजार भन्दा बढी प्रशिक्षार्थीहरुलाई प्रशिक्षण गरिसकेका छन् । सो फोरम थियटर तालिममा अर्की कलाकार युगज्योति क्रियाशिल पनि प्रशिक्षकको रुपमा रहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu