ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाली चलचित्र ‘द विनर’को गीत र टीजर रिलीज पछि यो चलचित्रको मेकिङ्को तारिफ भएको छ । चलचित्रलाई हलिउड र बलिउडसँग तुलना समेत गरिएको छ । हाल डबिङ भईरहेको यो चलचित्रका नायक महेशमान श्रेष्ठले अष्ट्रेलिया, दुबई र नेपालमा छायांकन गर्दाको तस्विर सार्वजनिक गरेका छन् । उनी यसै चलचित्र मार्फत रजतपटमा डेब्यु गरेका हुन् ।
नायक श्रेष्ठले ‘द विनर’लाई बलिउड स्तरको र तीन देशमा छाँयाकन गरिएको पहिलो नेपाली फिल्मको दावी गरेका छन् । यस्तै उनले यस चलचित्र बनाउन बलिउडलाई करिब ८० करोड लाग्न सक्ने समेत बताएका छन् । यस चलचित्रमा महेशमान सहित पुर्ब मिस नेपाल तथा अभिनेत्री मलिना जोशी, मन्चिन शाक्य, राजकुमार पन्त, रेशु तामाङ र अमित गिरी मुख्य भुमिकामा छन् ।
हिक्मत बिष्टको निर्देशनमा बनेको चलचित्रलाई डायमण्ड स्टार फिल्मसको ब्यानरमा सुबोध ठकुरी, बिकास खरेल, रितेश राणाको लगानीमा निर्माण गरिएको हो ।