लोभलाग्दा दृश्यसहित ‘द विनर’को ट्रेलर सार्वजनिक (भिडियो)



the-winner-trailer

ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाली चलचित्र ‘द विनर’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा मूख्य नायक नायिका महेशमान श्रेष्ठ, मलिना जोशी, रोयल मास्के, मन्चिन शाक्य, राजकुमार पन्त, रेशु तामाङ र अमित गिरीलाई स्थान दिईएको छ ।

यो चलचित्रको अष्ट्रेलियामा रेड कार्पेट प्रिमियरको तयारीमा रहेको निर्माण पक्षले जनाएको छ । हालसम्म यो चलचित्रको अष्ट्रेलिया लगायतका देशहरुमा ओभरसिज राईट बिक्री भईसकेको छ । अष्ट्रेलियाका निर्माता रोयल मास्केले सार्वजनिक ट्रेलरकै आधारमा फिल्मको डिमान्ड बढ्ने दाबी गरेका छन् ।

हिक्मत बिष्ट निर्देशित चलचित्रलाई डायमण्ड स्टार फिल्मसको ब्यानरमा सुबोध ठकुरी, विकास खरेल, रितेश राणा, सृजना शाह, रोयल मास्केले संयुक्त रुपमा निर्माण गरेका हुन् । यो चलचित्र अष्ट्रेलिया, दुबई र नेपालमा छायांकन गरिएको हो ।

अष्ट्रेलियन सिनेमेट्रोग्राफर एन्टोनी मिखो र पुरुषोतम प्रधान छायाँकार हुन् । ट्रेलरमा लोभलाग्दा दृश्य देखाईएको छ ।

ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu