‘हिरो रिटर्न्स’को घोषणा (भिडियो)



Hero-Returns-announce

ठुलोपर्दा डटकम, काठमाण्डौ।
नायक सविन श्रेष्ठले पहिलो पटक बनाउन लागेको नेपाली चलचित्र ‘हिरो रिटर्न्स’को घोषणा गरिएको छ । काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै उक्त घोषणा गरिएको हो ।

आशिष भेटवालले निर्देशन गर्ने यो चलचित्रमा नायिका रेखा थापा, नायक सरोज खनाल, नायक दिल श्रेष्ठ र सविन श्रेष्ठ मुख्य भूमिकामा रहनेछन् । चलचित्रमा ‘इकु’ नामले चिनिने हाँस्यकलाकार सुलेमान शंकरको पनि अभिनय हुनेछ ।

कार्यक्रममा बोल्दै नायिका रेखा थापाले सविनको मन छुने प्रस्तावलाई आफूले नकार्न नसकेको बताइन् । उनले यो चलचित्रमा आफू एक्सन अवतारमा नै प्रस्तुत हुने बताइन् ।

चलचित्रका निर्माता चन्द्र गौतम पनि ‘दमदार’पछि यसै चलचित्र मार्फत दोश्रो चलचित्र निर्माणमा उत्रिएका हुन् । यो चलचित्रमा सहदेव गौतम र भिम न्यौपानेको पनि लगानी रहनेछ । कलाकार सरोज खनाल खलपात्रको भूमिकामा देखिनेछन् ।

कमेडी एक्सन श्रेणीमा बन्ने चलचित्रमा शिवम अधिकारीको कथा, मदनकाश्यप घिमिरेको छायांकन, दिपक शर्मा र टंक बुढाथोकीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, चन्द्र पन्तको एक्सन, मित्र गुरुङको सम्पादन रहनेछ ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu