चलचित्र नीति अनुगमन तथा मुल्यांकन समिति गठन



यादव खरेल
यादव खरेल

ठुलोपर्दा डटकम, काठमाण्डौ।
राष्ट्रिय चलचित्र नीति अनुगमन तथा मुल्यांकन समिति गठन भएको छ । नेपाल सरकार मन्त्रीस्तरको गत श्रावण १३ गतेको निर्णय अनुसार बिशिष्ठ चलचित्रकर्मी यादव खरेलको संयोजकत्वमा दुई बर्षको लागी नौ सदस्य समिती गठन गरीएको हो ।

समितीको सदस्यमा बिशिष्ठ चलचित्रकर्मीहरु हरीहर शर्मा, युवाराज लामा, चलचित्र विकास वोर्डका अध्यक्ष राजकुमार राई, चलचित्रकर्मी श्याम सापकोटा, चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय, सबनम मुखिया, चलचित्र प्राविधिक बसन्त कुमार रुपाखेती रहेका छन् ।

समितिको सदस्य सचिवमा सुचना तथा संचार मन्त्रालयका कानुन उपसचिव पुस्कर राज नेपाल रहेका छन् । समितिले राष्ट्रिय चलचित्र नीति, अनुगमन समिति गठन तथा कार्यसंचालन मार्गदर्शन २०७३ अन्तर्गत चलचित्र क्षेत्रलाई सिर्जनशील साँस्कृतिक एवं मनोरञ्जनात्मक उद्योगको रुपमा विकास गरी स्वदेशी चलचित्रको विकास र संरक्षण गर्दै चलचित्रको प्रवर्द्धन एवं चलचित्रकर्मीहरुको हकहितको संरक्षण गर्न यो समिती गठन गरिएको संचार मन्त्रालयले बताएको छ ।

समितिले राष्ट्रिय चलचित्र नीतिको कार्यन्यन पक्षलाई समन्वयात्मक रुपमा अनुगमन सहजिकरण गर्नेछ । समितिको कार्यक्षेत्र राष्ट्रिय चलचित्र नीति २०७१ को स्विकृत कार्ययोजनाको प्रभावकारी कार्यान्वयन भए नभएको अनुगमन गरी सो को कार्यान्वयनमा सहजिकरण गर्ने र सो को प्रतिवेदन सुचना तथा संचार मन्त्रालयमा पेश गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu