बलीउड निर्देशक सूरज बडजात्याका भाई रजतको प्रार्थना सभामा सलमान खान रोएको खबरले उनि कति दयालु छन् भन्ने प्रष्ट पारेको थियो ।
सलमानले राजश्री प्रोडक्शनमा चार चलचित्रमा अभिनय गरेका छन् । सलमानले बलीउडमा राजश्रीकै ‘मैंने प्यार किया’बाट डेब्यू गरेका थिए । अहिले अर्को खबर आएको छ कि सलमानले सूरजलाई एक स्क्रिप्ट लेख्न लगाएका छन् जुन अरुभन्दा अलग होस् ।
सलमानले यतिसम्म भनेका छन् कि उनले सारा काम छोडेर सूरजको चलचित्रमा ध्यान दिनेछन् । यो चलचित्र २०१७ मा फ्लोरमा जानेछ । पछिल्लो पटक सूरज र सलमानले ‘प्रेम रतन धन पायो’मा काम गरेका थिए ।
सलमान हाल कबीर खानले निर्देशन गरिरहेको ‘ट्यूबलाइट’मा काम गरिरहेका छन् ।