३५ बर्षका भए आर्यन



aaryan-sigdel-aabeg

ठुलोपर्दा डटकम, काठमाण्डौ।
नायक आर्यन सिग्देल ३५ बर्षमा प्रवेश गरेका छन् । यो शुक्रबार(साउन २१ गते) उनको जन्मदिन हो ।

शुक्रबार बिहानैदेखी उनले जन्मदिनको शूभकामना पाईरहेका छन् । सम्भव भएसम्म उनले शूभकामनाको प्रतिक्रिया दिईरहेका छन् । मध्यरातमा नै उनको जन्मदिन खास बनेको थियो । श्रीमती सपनाले केक काटेर जन्मदिनको शूभकामना दिएकी थिइन् ।

उनि बाहिरि कार्यक्रम बाहेक चलचित्रबाट भने केहि फुर्सदिला छन् । उनले पहिले-पहिले जसरी हातमा आएका धेरै चलचित्र नखेल्ने र आफ्नै ब्यानरबाट मात्र अभिनयमा आउने बताएका थिए । यद्यपी धेरै समय अघि सम्झौता भएको ‘मरिना’ भने अब बन्ने क्रममा छ र अब उनि त्यसैमा व्यस्त हुनेछन् ।

त्यसलगत्तै उनले आफ्नै ब्यानरमा दिनेश राउतले निर्देशन गर्ने चलचित्रमा आउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu