नाटकमा मानव अस्तित्वको खोजी



Eklabya

ठुलोपर्दा डटकम, काठमाण्डौ।
विश्वभरी पढिने नाटकमा पर्छ ‘क्राप्स लास्ट टेप’ । दोस्रो विश्वयुद्धपछि लेखिएको नोबेल पुरस्कारबाट पुरस्कृत आइरिस नाटककार सेमुयल बेकेटको यो नाटक विश्वका विभिन्न विश्वविद्यालयहरुमा समेत पढाई हुन्छ ।

नेपामा पनि त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय लगायतमा स्नातक तहमा समावेश यस नाटक अहिले नेपाली भाषामा मञ्चन भइरहेको छ । सुन्धाराको काठमाडौं मलस्थित नाटकघर थिएटर मलमा बेकेटको नाटकलाई नेपालीकरण गर्दै ‘एकलव्यको अन्तिम टेप’ नाम दिई मञ्चन भइरहेको छ ।

नाटकलाई शंकर रिजालले निर्देशन गरेका छन् भने मञ्चमा वर्तमान रंगमञ्चमा उर्जाशील अभिनेता सुदाम सिकेको एकल अभिनय देख्न सकिन्छ । साउन २१ शुक्रबारदेखि सुरु भएको नाटक सातामा मञ्चन भइरहेको छ । नाटक साउन ३२ सम्म मञ्चन हुनेछ ।

मानिसको जीवन-मृत्यु, दुःख-सुखका अस्तित्वलाई आफ्ना भोगाई र सम्झनाहरुमार्फत एक वृद्धले खोतलेका छन् नाटक ‘एकलव्यको अन्तिम टेप’मा । आफ्नो हरेक जन्मदिन ग्रामोफोन आफ्ना अनूभूती, अनुभव रेकर्ड गरेर र पुराना रेकर्ड सुनेर मनाउने सो पात्रका तीता-मीठा सम्झनाले वर्तमान कथित आधुनिक समयका मानिसका छटपटीलाई सम्बोधन गर्छ । मानव अस्तित्व, प्रेम र मृत्युको प्रतिनिधि चरित्रका रुपमा एकलव्य प्रस्तुत भएको छ नाटकमा ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu