के भएको छ नजिरलाई ? (भिडियो)



Gatho-Trailer

ठुलोपर्दा डटकम, काठमाण्डौ।
भदौ ३१ गते रिलीज हुने नेपाली चलचित्र ‘गाँठो’को ट्रेलर सार्वजनिक भएको छ । नाजिर हुसेन, अभय बराल र नम्रता श्रेष्ठको मुख्य अभिनय रहेको यो चलचित्र सम्बन्धमा आधारित रहेको बताईन्छ ।

ट्रेलरमा अभिनेता नजिर हुसेन असामाजिक प्रवृत्तीमा देखिएका छन् । निर्देशक सुरज भुषालले नजिरको भूमिका अहिले खुलाउन नमिल्ने बताए । यसअर्थमा पनि नजिरको भूमिका चलचित्रप्रति दर्शकको रुचि जगाउने प्रमूख हतियार मान्न सकिन्छ । यस अघि मौन तथा होस्टेल रिर्टन्स निर्देशन गरेका निर्देशक भुषालले निर्देशन गरेको चलचित्र दर्शकको प्रतिक्षित चलचित्र हो ।

बटवाल इन्टरटन्मेन्ट प्रालिको ब्यानरमा बनेको चलचित्रमा तिलक क्षेत्रि नृपेन्द्र राज जोशी र स्वयं सुरज भुषालको लगानी रहेको छ । चलचित्रमा अनुपम शर्माको संगीत रहेको छ । पोखरा पाल्पा र गुल्मी आसापासमा खिचिएको चलचित्रलाई नरेन्द्र मैनालीले खिचेका हुन् ।

ट्रेलर हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu