‘चपली हाइट २’को व्यापारले दियो हौसला



Chapali-height-business

ठुलोपर्दा डटकम, काठमाण्डौ।
दिपेन्द्र के खनालको निर्देशनमा बनेको ‘चपली हाइट २’ले ब्यापारमा हौसला थपेको छ । बिहिवार नै रिलीज भएको यो चलचित्र बिहिबार मध्यदिनबाट व्यापारमा उकालो लागेको थियो ।

यति नै ब्यापार गरेको भनेर जानकारी नआईसकेको भएता पनि शुक्रबार प्राय: हल हाउसफुल रहेको निर्माता अर्जुन कुमारले बताएका छन् । उनले चलचित्रको व्यापारबाट आफुले हौसला पाएको बताए । शुक्रबार केहि पत्रकार राजधानीको सिभिलमा मलमा रहेको QFX मा पु्ग्दा सबैभन्दा ठुलो हल हाउसफुल नै थियो ।

मल्टिप्लेक्स मात्र नभएर सिंगल स्क्रिनमा पनि दर्शकको चाप उच्च नै रहेको चलचित्र श्रोतले दाबी गरेको छ । शनिवारको शोका लागि शुक्रबार नै धेरैजसो शो बुकिंग भईसकेका थिए ।

आयुस्षमान देशराज जोशी, मरिस्का पोखरेल र परमिता आरएल राणाको प्रमूख अभिनय रहेको यो चलचित्र सस्पेन्स थ्रिलर हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu