दिपेन्द्रको ‘लभ लभ लभ’ घोषणा



Love-Love-Love-1

ठुलोपर्दा डटकम, काठमाण्डौ।
‘पशुपति प्रसाद’ चलचित्र निर्देशन गरेर उत्कृष्ट निर्देशकको राष्ट्रिय पुरस्कार तथा अन्य अवार्ड हात पारिरहेका दिपेन्द्र खनालले नयाँ चलचित्र घोषणा गरेका छन् । पछिल्लो चलचित्र ‘चपली हाइट २’ रिलीज भएकै हप्ताको आइतबार खनालले ‘लभ लभ लभ’ नामक चलचित्र घोषणा गरेका हुन् ।

राजधानीमा आयोजित एक समारोहमा चलचित्रको घोषणा गरिएको हो । शर्मिला पाण्डे निर्माता रहेको चलचित्रमा सुरज पाण्डे र स्वस्तिमा खड्का बस्नेतको प्रमूख अभिनय रहनेछ । सुरज निर्माता शर्मिलाका सुपुत्र हुन् ।

Love-Love-Love-2

चलचित्र घोषणा कार्यक्रममा निर्देशक खनालले प्रेमकथामा चलचित्र बनाउने आफ्नो इच्छा ‘लभ लभ लभ’ले पुरा गर्ने बताए । कलाकार खोजिरहेका बेला आफुले खोजेजस्तो कलाकार निर्माताकै घरमा रहेकोले सुरजलाई नायक बनाएको उनले बताए ।

कार्यक्रममा निर्माता पाण्डेले चलचित्रमा लगानी गर्नु आफ्नो सानैदेखीको इच्छा रहेको बताइन् । सुरज सिने आर्ट्सको ब्यानरमा बनने यो चलचित्रका प्रस्तोता अमृत पाण्डे हुन् ।

फोटो: विवेक बश्याल

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu