जनवरीमा इजरायल आउँदै गोर्खाली छोरी, नेपाली चेलीको कथा हेर्न पाईने



nepal-israelठुलोपर्दा डटकम, काठमाण्डौ। वैदेशिक रोजगारीको लागि इजरायलमा रहेका नेपाली महिलाहरुको कथामा आधारित लघु चलचित्र ‘गोर्खाज् डटर इन इजरायल’ इजरायलबाट नै प्रदर्शनमा आउने भएको छ। आगामी २०१४ जनवरी १० मा इजरायलको तेल अविवमा प्रदर्शन हुनेछ।

नेपाली चलचित्र निर्माता कम्पनी नेचुरल मुवि मेकर्शले सो लघु चलचित्रलाई तयार पारेको हो। प्रकाश थापा र सुर्य सिम्खडा निर्माता नेहा गुरुङ् सह-निर्माता रहेको सो लघु चलचित्रलाई राजु भण्डारीले निर्देशन गरेका छन्। रत्न कार्की छायाकार हुन् भने मुना ढकाल, सुचित्रा, लिला, स्वस्तिका, निलम आदि कलाकारहरुको अभिनय रहेको छ।

खास गरी इजरायलमा रहेका नेपाली महिला कामदारको यथार्थ कथा  ‘गोर्खाज् डटर इन इजरायल’मा रहेको निर्माता प्रकाश थापाले बताए। यसको छायांकन इजरायलमा नै भइको थियो।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu