अब पालो शाहरुख र कंगनाको



Kangana-and-Srk

केहि पहिले देखी खबर आईरहेका थिए कि कंगना रनोट, सञ्जय लीला भंसालीको साथ चलचित्रमा काम गर्न गइरहेकी छिन् र त्यो चलचित्रको हिरो शाहरुख खान हुनेछन् । यो बिषयमा अहिले कंगनाले स्पष्ट पारेकी छिन् ।

कंगनाले सञ्जयले आफुसँग चलचित्रमा कुरा गरिसकेको बताएकी छिन् । एक भारतिय मिडियासँग कंगनाले भनिन्, ‘सञ्जय सरले मसँग कुरा गर्नुभएको छ । उहाँले शाहरुख र मसँग चलचित्र गर्न चाहनुभएको छ । तर, यो कुरा पहिलो चरणको हो’ ।

कंगना रनोट एक पछि अर्को हिट चलचित्र बक्स-अफिसमा दिईरहेकी छिन् । उनका फ्यान लिस्टमा अमिताभ बच्चन र आमिर खानजस्ता मेगास्टार्सको नाम पनि रहेको छ ।

कंगना छिट्टै रानी लक्ष्मीबाई माथी बन्ने बायोपिकमा देखिनेछिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu