उर्लाबारीको पत्रे जंगलमा रेखाको लडाईँ



damdar-shootingठुलोपर्दा डटकम, झापा। तिहार सकिए लगत्तै नायिका रेखा थापा, नायक सबिन श्रेष्ठ, बाशु पुडासैनी लगाएतका कलाकारहरु मोरङ्को उर्लाबारी जंगल पुगेका छन्। काठमाण्डौमा दश दिन र हेटौँडामा पाँच दिनको छायांकन सकी नेपाली चलचित्र ‘दमदार’को युनिट यतिबेला उर्लाबारीको पत्रे जंगलमा छायांकनमा छ। भारतको सिलुगुडीमा छायाँकन हुने ‘दमदार’ पूर्ण एक्शन चलचित्र हो।

कमलकृष्णले निर्देशन गरिरहेको ‘दमदार’लाई चन्द्र प्रसाद गौतम र अर्जुन कुमार न्यौपानेले लगानी गरेका छन्। रेखा, सबिन, बाशुका साथै खलपात्रमा किरण थापाको पनि अभिनय रहेको छ। चन्द्र पन्तको द्वन्द्व निर्देशन, सौरभ लामाको छायांकन, निर्देशक स्वयंको संगीत तथा पटकथा एवं संवाद नवराज शर्माको रहेको छ।

प्रहरीको दमदार कथालाई चलचित्रमा उतार्ने कोशिस रहेको निर्माता चन्द्र प्रसाद गौतम बताउँछन्। दमदारमा आफ्नो भुमिका पनि दमदार नै भएको नायिका थापा बताउँछिन्। ‘दमदार भुमिकामा म यो चलचित्रमा देखिने छु। जहाँ-जहाँ मेरो आवश्यकता पर्छ त्यहा-त्यहाँ म आउनेछू’ दमदारलाई आफ्नै घरभित्रको चलचित्र ठान्ने बताउँदै रेखाले भनिन्, ‘मेरो अत्यन्तै राम्रो र खतरनाक एक्शन छ। अहिले सम्मको कामबाट निकै हर्षित छु। कानुनले बर्खास्त गरेर बर्दीबिहिन भएकी राष्ट्रसेवकको रुपमा म आउनेछु, बाँकी चलचित्र रिलिज भएपछि थाहा हुनेनैछ’।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu