नेफ्टा अवार्डको नवौँ सँस्करण दुबईमा



NEFTA-DUBAI

ठुलोपर्दा डटकम, काठमाण्डौ।
चलचित्र प्राविधिक संघले आयोजना गर्दै आएको नेफ्टा फिल्म अवार्डको नवौँ सँस्करण यूएईको दुबई शहरमा हुने भएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै संघले पौष ८ गते अवार्ड गर्ने घोषणा गरेको छ ।

हलीउड र बलीउडको छायांकन थलो समेत बनेको यूएईमा करिब पाँच लाख नेपाली रहेको अनुमान छ । नेपालको अर्थतन्त्रमा यूएईबाट भित्रिने रेमिट्यान्सले ठुलो माने राख्दछ । प्राविधिक संघले चलचित्र अवार्ड मार्फत यूएईमा नेपाली चलचित्रको पहिचान र बजारीकरणको खोजी गर्ने जनाएको छ ।

दुबईमा हुने अवार्डको लागि स्पेक्ट्रम एड्भर्टाईजिङ् एण्ड मिडिया कन्सल्टेन्ट र कन्सेप्ट भिजन फिल्म प्रोडक्शनले सहकार्य गरेका छन् । इभेन्ट पार्टनरको रुपमा एभरेष्ट इन्टरनेशनल कन्सल्टेन्सी एण्ड एचआर सोलुशन छ भने सेभेन स्टार ईभेन्टस् एण्ड प्रोडक्शनले ब्यवस्थापन गर्नेछ ।

२८ विधामा प्रदान गरिने अवार्डमा यसपटक भने केहि प्राविधिक विधा थप गरिएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu