फोटोमा उर्वशी | दुई किशोरसँग अरुणिमा र निता (फोटो फिचर)



urbashi-feature-picठुलोपर्दा डटकम, काठमाण्डौ। बिहे पश्चात अरुणिमा लम्सालको ‘उर्वशी’ नै पहिलो चलचित्र हुनेछ। मंसिर १४ गते नेपालभर रिलिज हुने यो चलचित्रबाट लामो समय पर्दामा नदेखिएकी लम्सालले ठुलै आशा गरेकी छिन्। त्यस्तै, नायिका निता ढुंगानाको पनि यो महत्वाकांक्षी चलचित्र हो। चलचित्रको शिर्षकअनुसार नितामा नै निर्भर यो चलचित्रले उनलाई अभिनयको नयाँ गन्तव्य देखाउने आशा गर्न सकिन्छ।

थुप्रै हिट चलचित्रका एक्शन हिरो किशोर खतिवडाले पनि उर्वशीबाट अझै शसक्त बनाउने अनुमान गर्न सकिन्छ। प्रोमो तथा स्थिर तस्विर बिश्लेषण गर्दा खतिवडाको लागि यो बिशेष चलचित्र हो। पूर्ण एक्शनमा रहेका खतिवडाले उर्वशीबाट सकेसम्म फाईदा लिँदा राम्रो हुने बताईन्छ। अर्का किशोर श्रेष्ठ यसअघि फाट्टफुट्ट चलचित्रमा देखिएका थिए तर उनले उर्वशी नै आफ्नो पहिलो चलचित्र भएको बताउँछन्। यसबाट के प्रष्ट हुन्छ भने यो चलचित्र श्रेष्ठका लागि पनि भाग्यविधाता सावित हुनेछ।

निर्देशक मनिष पन्थ र खलपात्र प्रदिप ढकालले पनि लामो समयको संघर्षबाट आशावादी चलचित्रमा पाईला राखेका छन्। रेडियो कर्मबाट चलचित्रमा आएका ढकाल उर्वशीका मूख्य खलपात्र हुन्। उर्वशीले आफ्नो अभिनय छर्लंग पारिदिने ढकाल बताउँछन्। प्रस्तुत तस्विरमा नायक मुकेश आचार्यलाई पनि देख्न सकिन्छ। उनि पनि खलपात्रको रुपमा यस चलचित्रमा छन्।

हेरौँ उर्वशी छायांकनका क्रममा लिईएका केहि तस्विरहरु: (ठुलो साइजमा हेर्नको लागि फोटोमा थिच्नुहोस्)

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu