बलीउड सुपरस्टार सलमान खान अग्रिम कर तिर्ने मामलामा बलीउडका असली ‘सुल्तान’ साबित भएका छन् । चालु आर्थीक बर्षको लागि उनले १६ करोड रुपैयाँ अग्रिम कर तिरेका हुन् ।
सलमान पछि अग्रिम कर तिर्ने कलाकारमा अक्षय कुमार र रितिक रोशन छन् । यि दुवै स्टारले ११-११ करोड अग्रिम कर तिरेका छन् ।
अघिल्लो बर्ष भने सलमानले ११ करोड मात्र तिरेका थिए । अक्षयले भने अघिल्लो बर्ष यो समयमा १८ करोड तिरेका थिए ।
सलमान खानको चलचित्र ‘सुल्तान’ यो बर्ष ब्लकबस्टर हिट साबित भयो । यो चलचित्रले करीब ५८४ करोड कमाएको थियो । यो चलचित्र भारतिय चलचित्र इतिहासमा नै चौथो सफल चलचित्र हो ।
अग्रिम कर तिर्ने तेश्रो स्थानमा रणवीर कपूर छन् । उनले ७.८ करोड तिरेका छन् । उनले अघिल्लो बर्ष ४ करोड तिरेका थिए ।
कमेडियन कपिल शर्माले अभिनेता आमिर खानलाई जितेका छन् । कपिलले ६.०६ करोड तिरेका छन् भने आमिरले ३.७ करोड मात्र तिरेका छन् ।
भारतिय आयकर विभागले अमिताभ बच्चन, ऐश्वर्या राय बच्चन र शाहरुख खानको करको बारेमा भने खुलाएको छैन ।