१२५ चलचित्रकर्मीले लगाए कांग्रेसको माला



kalakar-cangress-maठुलोपर्दा डटकम, काठमाण्डौ। नेपाली चलचित्रकर्मीहरु प्राय: सबै राजनितीकर्मी बनिसकेका छन्। कुनै न कुनै रुपमा पार्टीमा आवद्द रहने गरेका उनिहरु संविधानसभाको दोश्रो निर्वाचन नजिकिँदै गर्दा राजनितीक दलहरुका माला लगाएर प्रचारमा दौडिएका छन्।

चाडपर्व तथा निर्वाचनको असरले शुन्यमा झरेको चलचित्रलाई छोडेर सबै चलचित्रकर्मी दलका झण्डामुनी शितल तापिरहेका छन्। यसै क्रममा शनिवार सबेरै नेपाली कांग्रेसका सभापति शुसिल कोईरालाले करिव १२५ चलचित्रकर्मीलाई पार्टी प्रवेश गराए। कोइरालाले आफ्नै निवास महाराजगञ्जमा एक कार्यक्रमका वीच माला र टिका लगाएर कलाकारहरुलाई पार्टीमा प्रवेश गराएका हुन्।

नायक धिरेन शाक्य, नायक आयुष रिजाल, मुकेश ढकाल, विरेन श्रेष्ठ, निरज बराल, नायिका रुपा राना, मेलिना मानन्धर साथै निर्देशक रमेश वुढाथोकी, सुरज सुब्बा, खलनायक आकाश खवास, छायांकार पुरुषोत्तम प्रधान, फोटोग्राफर राजिव श्रेष्ठ, गायक प्रकाश ओझा, सन्तु तामाङ, रामेश्वर कार्की, प्रभुशम्शेर जवरा, श्याम राईसहितका चलचित्रकर्मी कांग्रेस प्रवेश गरेका हुन्।

राजिनितीको सोझो शिकार बन्दै आएको नेपाली चलचित्रलाई त्यो चंगुलबाट उतार्नु जरुरी भएको बेला भएको पार्टीलहरको परिणाम निर्वाचन पश्चात नै थाहा हुनेछ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu