अनमोललाई टक्कर दिने सुरमा रेखा थापा



anmol-kc-and-rekha-thapa

ठुलोपर्दा डटकम, काठमाण्डौ।
युवास्टार नायक अनमोल केसी युवामाझ हटकेक हुन् । उनले अभिनय गरेका चलचित्र मात्र चारवटा हुन् तर ति सबै चलचित्र सफल छन् ।

यतिबेला एउटा मान्यता नै भएको छ, स्टारडम छ त केवल अनमोलमा । अनमोलको नामबाट नै चलचित्र हल सम्म युवाको जमात पुग्छ । यो सत्य पनि हो । यसको उदाहरण अनमोलका चार वटै चलचित्रले दिएका छन् ।

अनमोलले आगामी चलचित्र ‘कृ’को लागि कठिन मेहनत गरिेरहेका छन् । ‘सँधै एउटै देखिन्छ’ भन्ने दर्शकको नजरलाई ‘कृ’बाट तोड्ने लक्ष्यमा छन् अनमोल । ‘कृ’ आगामी दशैँमा रिलीज हुने पक्का गरिएको छ ।

सोही मितिमा रिलीज हुनेगरी नायिका रेखा थापाले पनि चलचित्र घोषणा गरेकी छिन् । सिंगल थिएटरमा रेखाको स्टारडम कायमै छ । उनका चलचित्र पनि सिंगल स्क्रिन लक्षित नै हुन्छन् । तर पनि यि दुई स्टारका चलचित्र जुध्नु राम्रो भने होइन ।

रेखाले ‘कसले चोर्यो मेरो मन फेरि’ नाममा चलचित्र घोषणा गरेकी छिन् जसलाई सबीर श्रेष्ठले निर्देशन गर्नेछन् । यसअघि केहि बर्ष पहिले ‘कसले चोर्यो मेरो मन’ नाममा रेखाकै चलचित्र रिलीज भएको थियो ।

यतिबेला चलचित्रवृत्तमा रेखाले अनमोलसँग टक्कर लिन खोजेको चर्चा छ । चर्चा स्वभाविक पनि हो । जुन स्टारहरुको नामबाट चलचित्र चल्छ तिनै कलाकारहरुका फिल्म एकै दिन रिलीज हुनु प्रतिष्पर्धा नै हो ।

साँच्चै अनमोल र रेखाका फिल्म एकै दिन रिलीज हुन्छन् या रेखाले चर्चाको लागि उक्त मिति तय गरिन् त्यो भने समयले देखाउनेछ ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu