आमिरको बहुप्रतिक्षित फिल्म ‘दंगल’को ट्रेलर रिलीज (भिडियो)



dangal-trailer

सलमान खानको ‘सुल्तान’ रिलीज भएदेखी ने दर्शकको नजर आमिर खानको ‘दंगल’ माथी थियो । यसको एउटै कारण थियो ‘दंगल’ पनि कुश्तीमा आधारित फिल्म हो र यो कथा पनि हरियाणाको नै छ । तर, ‘सुल्तान’ कुश्तीको बहानामा एक प्रेम कथा थियो, ‘दंगल’मा भने धेरै तीरहरु एक साथ चलेका छन् ।

‘दंगल’मा पहिलो सन्देश छ ‘छोरीको सम्मान’ । गीता र बबीता फोगाटको बारेमा धेरै जानकार छन्, उनिहरुलाइ यो थाहा छ की जुन क्षेत्रमा उनिहरु आएका छन्, त्यहाँ कन्या भ्रूण हत्या दर निकै बढि छ र यौन ब्यवहार बिग्रिएको छ ।

आज पनि हरियाणाको कति स्थानमा यस्तो भन्ने गरिन्छ की, ‘छोरियां ब्याह के आपणे घर जावेंगी… म्हारे पे बोझ बनेंगी’, जसको मतलब हुन्छ ‘छोरीको जात बिहे गरेर अर्काकोमा जाने हो … हामीमाथी बोझ हुन्छन्’ ।

तर पहलवान महावीर सिंह फोगाटले जे सिके र भारतलाई गीता र बबीता जस्ता छोरी दिए । उक्त सोच र भावलाई आमिरले सुन्दर ढंगले ‘दंगल’को दुई मिनेटको ट्रेलरमा देखाएका छन् ।

२०१० मा भारतको तर्फबाट कमनवेल्थ गेम्समा महिला कुश्तीमा पहिलो गोल्ड मेडल जीतेकी गीता फोगाट आखिर गीता फोगाट कसरी बनिन्, यहि कहानी हो ‘दंगल’ ।

हेर्नुहोस् ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu