आमिरको दंगल सुल्तानको दोश्रो भाग



dangal-and-sultam

सलमान खानको सुपरहिट फिल्म ‘सुल्तान’ एक खेलाडीको हौसला र कोशिसलाई फिर्ता पाउने कहानी थियो, जसमा रोमाञ्स भरिएको थियो । आफ्नो प्रेम पाउने चाहनाले ‘सुल्तान’ बनाएको थियो र सुल्तान फिर्ता पाउन अखडामा सलमान खडा भएका थिए ।

सलमान खान अर्थात सुल्तानको छोरी बक्सिंग ग्लव्स लगाएपछि ‘सुल्तान’को अन्त्य भएको छ ।

अब एक पिताले कसरी आफ्नी छोरीलाई देशको लाहि मेडल जिताउन तयार पार्छन्, यस तरिकाबाट ‘सुल्तान’को अघिल्लो कडी भन्न सकिन्छ, सीक्वल भन्न सकिन्छ । ‘दंगल’को ट्रेलरमा आमिर खान अखडामा देखिन्छन्, सलमान जसरी नै कसिलो शरीरका साथ तर, अनुमान गर्दा यो दृश्य धेरै लामो हुनेछैन ।

‘सुल्तान’ कै झलक
‘दंगल’को ट्रेलरमा स्कूटर, हरियाणवी लवजका संवाद तथा अखडा देखिएका छन् । सेट समेत ‘सुल्तान’को हरियाणाको झल्को दिन्छ ।

अलग यस्ता छन्
महावीर सिंह फोगाट जुन क्षेत्रबाट आउँछन्, त्यहाँ छोरालाई दीप मानिन्छ । चार छोरी हुनाले महावीर निराश देखिन्छन् । ‘सुल्तान’ जसरी खुशी थिए महावीर थिएनन् । महावीरको इच्छा छ की छोरा होस् जसलाई देशको लागि तयार गर्न सकियोस् । पछि उनले छोरीलाई नै आफ्नो महत्वाकांक्षाको लागि तयार गर्छन् ।

ओपनिंग र व्यापारमा बन्नेछ रेकर्ड
२३ डिसेम्बरमा आउने ‘दंगल’को पहिलो ट्रेलरबाट यस्तो लाग्छ कि यसको ओपनिङ् र व्यापार दुबै रेकर्ड ब्रेकर हुनेछन् । ‘सुल्तान’ ६ जुलाईमा ईदको मौकामा आएको थियो । सलमानलाई ईदले कहिल्यै निराश पारेको छैन ।

आमिर डिसेम्बरमा क्रिसमसका स्टार हुन् । बर्षको अन्त्यमा आउने उनका सबै फिल्म सुपरहिट छन् ।

फिल्म ब्लकबस्टर यत्तिकै बन्दैनन्, मायाले, मेहनतले, लगनले यिनलाई बनाउनु पर्छ । आमिर यसपटक हर फ्यानको लागि ‘महावीर’ हुन् । अब यो हेर्न बाँकी छ कि सुल्तानलाई महावीरले पछार्न सक्छन् या सक्दैनन् !

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu