ठुलोपर्दा डटकम, काठमाण्डौ।
कार्तिक १९ गते रिलीज हुने नेपाली चलचित्र ‘द विनर’को ‘मिडनाइट’ बोलको पार्टी गीत सार्वजनिक गरिएको छ । गीतको भिडियोमा नायिका मलिना जोशी र महेशमान श्रेष्ठलाई फिचरिङ गरिएको छ ।
अमित श्रेष्ठको शब्द तथा संगीत रहेको यो गीतमा इन्दिरा जोशी र उत्तम जंग लिम्बुको स्वर छ । कविराज गहतराजले कोरियोग्राफी गरेका छन् ।
डाइमण्ड स्टार फिल्मस्को ब्यानरमा तयार भएको यो चलचित्रलाई अष्ट्रेलिया र दुबइको रमणिय स्थानमा खिचिएको छ ।
श्रृजना शाह, विकास खरेल निर्माता रहेको चलचित्रमा रितेश राना, सुशित पन्त कार्यकारी निर्माता छन् । चलचित्रलाई हिक्मत विष्टले निर्देशन गरेका हुन् ।
भिडियो: