ठुलोपर्दा डटकम, काठमाण्डौ।
कबड्डी फेम नायिका रिश्मा गुरुङ्ले पहिलो पटक म्यूजिक भिडियोमा अभिनय गरेकी छिन् । कोरियोग्राफर तथा मोडल गम्भीर बिष्टको प्रेममा रहेको देखाउँदै शान थापाले रिश्माको पहिलो भिडियो निर्देशन गरेका छन् ।
पार्श्व गायिका मेलिना राईको ‘मेलिना’ एल्बममा समावेश ‘लेक फुल्ने’ बोलको गीतको भिडियो रिश्माको पहिलो बनेको छ । यो गीतमा शब्द-संगीत उत्तमजंग लिम्बु रहेको छ ।
भिडियोमा निशान घिमीरेको सम्पादन तथा उत्सव दाहालको छायांकन रहेको छ ।
भिडियो हेर्नुहोस्: