ठुलोपर्दा डटकम, काठमाण्डौ।
ललितपुरको यूनियन पार्क अगाडि मुहुर्त गर्दै नेपाली चलचित्र ‘हैरान’को छायांकन शुरु गरिएको छ ।
मुक्ति घलेले निर्माण गरेको यो फिल्मलाई विश्वकै कान्छा निर्देशक सौगात बिष्टले निर्देशन गरिरहेका छन् । ‘हैरान’को छायांकन ४५ दिनमा सकिने योजना रहेको छ । यो चलचित्रमा सरोज खनाल, गजित बिष्ट, आरोही शर्मा, वुद्धि तामाङ, पुष्कर रेग्मी, निश्मा घिमिरे, सागर लम्साल, वसिम रजा मुख्य भूमिकामा देखिदैछन् ।
यहि चलचित्रबाट आरोही शर्माले डेब्यू गर्दैछिन् । शुरुमा चलचित्रमा नायिका आँचल शर्माले अभिनय गर्ने भनिएको थियो तर मुहर्तमा भने उनि आईनन् । आँचल चलचित्र ‘जोनी जेन्टलम्यान’मा व्यस्त भएकोले उनको ठाउँमा आरोही आएको बताईएको छ ।
चन्द्र पन्तको एक्सन, लेखन तथा कोरियोग्राफी गम्भिर बिष्टको रहेको फिल्ममा मानिसको जीवनमा आउने हैरानी प्रस्तुत गर्नेछ ।