
ठुलोपर्दा डटकम, सिक्कीम।
नायक राजेश हमाल र उनकी पत्नी मधु यतिबेला भारतको सिक्कीममा छन् । अन्तराष्ट्रिय कलाकार समाजले आयोजना गरेको चौँथो इनास फिल्म अवार्डमा सहभागिता जनाउन उनिहरु अन्य कलाकारसँगै सिक्कीम आएका हुन् ।
सिक्कीम आएको बेला नेपालबाट आएका पत्रकारले हमाल दम्पतीलाई एकसाथ भेट्टाए । उनलाई उनको उत्तराधिकारीको बारेमा सोधियो । हमालले आफु तीन हुने कोशिस गररिरहेको बताए ।
‘बच्चा जन्माउने कोशिसमा छौँ’ ठट्यौली शैलीमा पत्नी मधुलाई हेर्दै उनले भने, ‘हाम्रो जवानी बाँकी नै छ’ ।
हमाल दम्पतीसँगको पुरा कुराकानी भिडियोमा हेर्नुहोस्:




