ठुलोपर्दा डटकम, काठमाण्डौ।
तारिफका बीच चलिरहेको नेपाली चलचित्र ‘जात्रा’ हेर्न नायिका बर्षा राउतका माता-पिता पनि हल पुगेका थिए ।
शुक्रबारदेखि प्रर्दशनमा आएको यो चलचित्र हेरेका बर्षामा माता-पिताले आफ्नी छोरी चलचित्रमा रोएकोमा खल्लो महशुस गरेका छन् ।
“फिल्मले निकै हँसाउदो रहेछ तर, मेरी छोरी भने धरै रोएकी देखेँ त्यसैले मनै खल्लो भयो’ बर्षाकी आमाले भनिन् । चलचित्र निर्माण पक्षका अनुसार ‘जात्रा’ले शनीबार हाउसफुल दर्शक पाएको छ । समिक्षकको प्रशंसा र माउथ पब्लीसिटीका कारण पनि दर्शकको संख्या बढ्दै गएको हुन सक्ने निर्देशक प्रदिप भट्टराईले बताएका छन् ।
फिल्मले राम्रो प्रतिक्रिया पाइरहेका कारण दर्शकको संख्या पनि हलहरुमा बढीरहेको निर्माता तथा कलाकार रबिन्द्र सिंह बानियाँले बताएका छन् । ‘डार्क कमेडी’ यो चलचित्रमा बिपिन कार्की, रबिन्द्र सिंह बानियाँ, रविन्द्र झा, बर्षा राउत, प्रेक्षा बज्राचार्य लगायतको अभिनय छ ।