‘राघव’: फर्स्टलुक पोस्टर र टिजर सार्वजनिक



ठुलोपर्दा डटकम, काठमाण्डौ। नायक राजबल्लभ कोईरालाको ब्यानरमा बनेको पहिलो चलचित्र ‘राघव’को  फर्स्टलुक पोस्टर र टिजर सार्वजनिक भएको छ। शिबिर पोखरेल र अस्मिता ढकाललाई मुख्य भुमिकामा देखाईएको छ।

एक युवाको इमोश्नल जर्नीलाई ‘राघव’मा कथावस्तु बनाईएको छ। राजबल्लभ कोईराला फिल्म्स सहित आईडिया एण्ड इमेज, प्लानेट३फिल्म्सको सहकार्यमा अण्डरग्राउड टकिज नेपालको प्रोडक्सनमा यो चलचित्र बनाईएको हो। अमेरिकामा नै बस्दै आएका भुपेन्द्र भट्टराईको निर्देशन रहेको यस चलचित्रमा अशिष्मा नकर्मीको पनि अभिनय रहेको छ।
raghav(1)

संजीब सिंह, मानव सुवेदी र दि माया ब्याण्डको संगीत रहेको ‘राघव’को ९० प्रतिशत अमेरिका र बाँकी नेपालमा छायांकन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu