२०७४ भदौमा अनमोलको ‘कृ’ रिलीज हुने



anamol-kccc

ठुलोपर्दा डटकम, काठमाण्डौ।
फागुनको पहिलो साताबाट छायांकनमा जानने नेपाली फिल्म ‘कृ’ २०७४ को भदौ १६ गतेबाट देशभर रिलिज हुने भएको छ । नायक अनमोल केसी र नव-नायिका अदिती वुढाथोकीको प्रमूख अभिनय रहने यो चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गर्दैछन् ।

भदौमा पर्ने विभिन्न सार्वजनिक बिदा र दशैलाई लक्षित गरेर भदौ १६ लाई प्रदर्शन मिति तय गरिएको निर्माता सुवास गिरीले बताएका छन् । सुवास इन्टरटेन्मेन्टको निर्माण र द सुपर काजोल फिल्मस्को प्रस्तुतीमा यो चलचित्र निर्माण हुन लागेको हो । चलचित्रमा सुवास गिरी र नायक भूवन केसीको लगानी रहनेछ ।

चलचित्रको कार्यकारी निर्मातामा कमल गिरी, सह-निर्मातामा श्री पराजुली रहेका छन् । ‘कृ’को लागि नायक केसी अहिले शरीर बनाउन लागिपरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu