छुल्ठिमको ‘डायरी’ चैत्र ११ मा रिलिज हुने



chhulthimg-diary

ठुलोपर्दा डटकम, काठमाण्डौ।
अभिनेत्री छुल्ठिम गुरुङ्ले बनाएको नेपाली फिल्म ‘डायरी’ आउँदो चैत्र ११ मा रिलिज हुने भएको छ । यसअघि टीजर रिलीज गर्दा प्रदर्शन मिति तोकिएको थिएन ।

यो चलचित्रमा छुल्ठिम गुरुङ, सन्नी सिंह र रेखा थापाको प्रमूख अभिनय रहेको छ । चलचित्रमा रेखा थापालाई खलपात्रको रुपमा देख्न पाईनेछ । फिल्म नोभेम्बेर रेन मार्फत डल्लीको उपनामले चर्चामा आएकी अभिनेत्री छुल्ठिम गुरुङ यसै फिल्म मार्फत निर्मात्री बनेकी हुन् ।

छुल्ठिम इन्टरटेनमेन्ट र एयर क्रु प्रोडक्सनले संयुक्त रुपमा निर्माण रहेको यस फिल्मलाई आवरण फिल्म मार्फत निर्माताको रुपमा फिल्ममा प्रवेश गरेका अनिल योन्जनले निर्देशन गरेका छन् ।

‘जसरी मलाई डल्लीको उपनामले चिन्नु हुन्छ त्यसरी नै यस फिल्म मार्फत जोयाको क्यारेक्टर याद गर्नु हुनेछ । म डल्लीको क्यारेक्टर भुलाउन चाहदिन तर जोयाको स्थापित गर्न चाहन्छु’ छुल्ठिमले भनेकी छिन्, ‘फिल्मको कथा निकै मन परेकोले किन अब निर्मात्री किन नबन्ने भन्ने लगेर राम्रो टिम पाउँदा प्रोडक्सनमा हात हालेकी हुँ । किनकी भोलिको दिनमा म कलाकारितामा मात्र हैन प्रोडक्सनमा पनि आउान चाहन्छु’ ।

निर्देशक अनिल योन्जनले आफुले पढेको नै फिल्म निर्देशन भएको तर प्राक्टिकल ज्ञान नभई फिल्म निर्देशनमा आउँनु हुदैन भन्ने लागेर पहिला चलचित्र बनाएको बताए । ‘मैले बनाएको फिल्म आवरणबाट धेरै कुरा मैले सिक्ने अवसर पाएको थिएँ जसलाई मैले यो फिल्ममा सदुपयोग गरेको छु । स्टोरी तयार भएपछीको वर्कशपले पनि फिल्म छायांकनमा निकै सहयोग पुर्यायो । मैले जे सोचेर फ्लोर गएको थिएँ, त्यसलाई मिट गर्ने प्रयास गरेको छु’ योञ्जनले बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu