सलमानलाई पछारे यि सुपरस्टारले, जान्नुहोस् को हुन् यिनि



superstar-alom

केहि महिनादेखी शोसल मिडियामा एक व्यक्तिको खुब चर्चा भईरहेको छ । यि व्यक्तिलाई भारतमा निकै चर्चामा राखिएको छ, अहिले नेपालमा पनि यिनको चर्चा चुलिएको छ । शोसल मिडियामा यिनका तस्वीर र भिडियो भाईरल भईरहेका छन् ।

यि हुन् बंगलादेशका बहुचर्चित कलाकार हिरो अलोम बोग्रा । अलोमलाई बंगलादेशका सुपरस्टार समेत मानिन्छ । उनि यति हिट छन् की उनका फ्यानले उनका नाममा थुप्रै फ्यान पेज बनाएका छन् । बंगलादेशी क्रिकेटर समेत अलोमका फ्यान छन् । बंगलादेशमा हुने धेरै जसो क्रिकेट गेममा उनि पुगेका हुन्छन् । उनि त्यहाँ खेलाडी र फ्यानबाट घेरिन्छन् ।

शुरुमा उनले फिल्मका सिडि तथा क्यासेट बेच्ने काम गर्थे । उनको जन्म अत्यन्तै गरीब परिवारमा भएको थियो । अलोम १० बर्षका हुँदा आमा र आफुलाई छोडी बाबुले दोश्रो बिहे गरी छुट्टै बसेका थिए । अलोमले काम गर्दै पढ्न थाले । कामको कारण उनि सात कक्षामा फेल भए । त्यसपछि पढाई छोडेर उनि सिडि-क्यासेट बेच्ने काम गर्न थाले । यो व्यापार राम्रोसँग नचलेपछि उनले केबल नेटवर्कको काम शुरु गरे । उनले आफ्नो गाउँबाट नै यो काम शुरु गरेका थिए । उनको व्यापार राम्रो हुँदै गएपछि बिवाह गरे । अहिले उनको साथमा श्रीमती र दुई बच्चा छन् ।

अलोमले एक पटक एक मोडलको फोटो देखे । त्यहि फोटोले नै उनको दिमागमा मोडलिंगको भुत चढ्यो । उनले भनेका छन् म जस्तो सिडि बेच्नेवाला मोडल कसरी बन्न सकुँला भन्ने चिन्ता थियो । केहि मानिसले पनि उनलाई यो कुराबाट रोकेका थिए । उनले कसैको कुरा सुनेनन् । उनले सन् २००८ मा आँफैले म्यूजिक भिडियो बनाए । भिडियो आफ्नै लोकल केबल च्यानलमा देखाए । मानिसहरुले उनको भिडियो अत्याधिक मन पराए । विस्तारै विस्तारै उनि बंगलादेशमा नै चर्चित हुन थाले । त्यहि बीचमा कसैले उनको भिडियो यूट्युबमा अपलोड गरिदिए । भिडियो भाईरल बन्यो । भिडियो देखेपछि धेरैले उनलाई म्यूजिक भिडियोमा काम गर्ने अफर दिए ।

बताईए अनुसार उनको हातमा अहिले टेलिफिल्म, म्यूजिक भिडियो तथा विज्ञापनका थुप्रै काम छन् । उनलाई विदेशबाट समेत कामको अफर आईरहेका छन् । यहाँ सम्मकी उनलाई अमेरिकाबाट समेत अफर आएको छ, जसको लागि उनको टीम दुई महिनाको लागि अमेरिका जाँदै छ ।

उनले सलमानको खानको फिल्मको एक गीतमा समेत भिडियो बनाएका छन् । यतिबेला भारतमा सुपरस्टार सलमान खान भन्दा बढि अलोमलाई गुगल सर्च गर्ने भेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu