नेफ्टाको अवस्था यो हालसम्म, महासचिवले दिए राजीनामा



suraj-acharya

ठुलोपर्दा डटकम, काठमाण्डौ।
चलचित्र प्राविधिक संघ (नेफ्टा)ले आफ्नो अवार्डको नवौँ सँस्करण अन्तर्गतको अवार्ड विवादित भएपछि संघका महासचिवले पद त्याग गरेका छन् ।

संघका महासचिव सुरज आचार्यले राजीनामा दिएका छन् । ‘आफूलाई पदमा बसिरहन उपयुक्त नलागेको’ भन्दै आचार्यले राजीनामा दिएको बताईएको छ । सुरजले नेफ्टाको कार्यसमितीलाई वुझाएको राजीनामा पत्रमा नैतिकताका आधारमा राजिनामा दिएको जनाएका छन् ।

त्यसो त अवार्ड अगावै संघ भित्रको विवादका कारण उपाध्यक्ष अरुण रेग्मी अवार्डमा सहभागी हुन दुबई गएनन् । चरम विवादमा फसेको नेफ्टाका अध्यक्ष पुष्कर लामा यतिबेला पानी-पानी भएका छन् । हुन त यसअघिका अवार्ड विवादित नबनेका होइनन् तर यसपटकको नतिजाले चलचित्र क्षेत्रलाई नै नंग्याउने कोशिस गरेको भन्दै आलोचना आईरहेका छन् ।

अवार्डमा नै चलचित्र ‘पशुपति प्रसाद’का निर्देशक दिपेन्द्र के खनालले बहिस्कार गरेयता नेफ्टाको व्यापक आलोचना भईरहेको छ ।

यो पनि पढ्नुहोस्: दिपेन्द्रको अवार्ड दीपकको हातमा कसरी ? यसरी भयो नेफ्टालाई व्यंग्य (भिडियो)

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu