‘लालटिन’को पोस्टर रिलिज



ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाली चलचित्र ‘लालटिन’को पोस्टर रिलिज भएको छ । पोस्टरमा अभिनेता दयाहाङ राइ मात्र अटेका छन् ।

lalteen-poster-3

चैत्र १८ गतेबाट रिलिज हुने यो चलचित्र भानु प्रतापको प्रस्तुतिमा तयार छ । एमसन पिक्चर्स प्रालिको ब्यानरमा तयार भएको यो चलचित्रमा अनिम श्रेष्ठ र राज केसीको निर्माण, मनोज राजभण्डारी र दीपक श्रेष्ठको सह-निर्माण छ । चलचित्रका निर्देशक देवकुमार श्रेष्ठ हुन् ।

‘लालटिन’मा दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी, अर्जुन गुरुङ, रीया श्रेष्ठ लगायतका कलाकारको अभिनय छ । अर्जुन जीसी र वनिश शाहको सम्पादन, भानु प्रताप र किरण माइकलको लेखन रहेको यो चलचित्रमा रोशन श्रेष्ठको एक्सन, कविराज गहतराज, डिकेश र भानुप्रतापको नृत्य छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu