यसरी भयो धुर्मुस-सुन्तलीको मुसहर बस्ती शिलान्यास (फोटो फिचर)



musahar-basti-shilanyas-3

ठुलोपर्दा डटकम, बर्दिवास।
मह जोडीको उपस्थितीमा धुर्मुस-सुन्तली फाउन्डेसनले महोत्तरीको बर्दिबास मुसहर बस्तीमा ५० घर निर्माणको शिलान्यास गरेको छ । सोमबार राजधानीबाट बस्ती शिलान्यासको लागि महजोडी सहितका कलाकार बर्दिवास पुगेका थिए ।

musahar-basti-shilanyas

सोहि अवसरमा महजोडीले एक लाख, पूर्व शिक्षा मन्त्री गिरिराजमणी पोखरेलले सांसद विकास कोषबाट १० लाख दिने घोषणा गरेका छन् । यस्तै अन्य धेरै कलाकार, पत्रकार तथा स्थानियले पनि सोमवार नै आर्थीक तथा श्रम सहयोग घोषणा गरेका छन् ।

musahar-basti-shilanyas-4

धुर्मुस-सुन्तली फाउण्डेशनले आफ्नो तेस्रो एकीकृत बस्ती निर्माण शुरु गरेका हुन् । यसअघि काभ्रेको पहरी बस्ती र सिन्धुपाल्चोकको गिरान्चौर नमुना बस्ती निर्माण सम्पनन भईसकेको छ ।

musahar-basti-shilanyas-5

नयाँ एकीकृत बस्ती निर्माणका लागि ४ करोड ७८ लाख लगानी लाग्ने बताईएको छ । चैत अन्तिमसम्ममा निर्माण सम्पन्न गरी नयाँ बर्ष २०७४ मा बस्ती हस्तान्तरण हुने फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेलले बताए । कट्टेलका अनुसार बस्ती निर्माणार्थ हालसम्म करीब १ करोड ८० लाख रकम प्राप्त भईसकेको छ ।

musahar-basti-2
musahar-basti
musahar-basti-4
musahar-basti-3
musahar-basti-shilanyas-2

 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu