कलाकारहरुको भनाईमा किङ्ग के हो ?



king-artists

ठुलोपर्दा डटकम, काठमाण्डौ।
पुष २८ गतेबाट प्रर्दशनमा आउने फिल्म किंग चर्चामा छ । एक्सन स्टार निखिल उप्रेतीको फिल्म भएका कारण पनि उनका फ्यानहरुमा फिल्म प्रतिक्षित बन्न पुगेको छ । निखिल संगै अर्का एक्सन अभिनेता अनुप बिक्रम शाही र बेनिशा हमाल पनि फिल्मका आकर्षण हुन् ।

आफ्नो फिल्म किंगको चर्चा बारे निखिल निकै खुशी देखिन्छन्, भन्छन,” किंग नाम जस्तै फिल्म बनेको छ र यसको चर्चा पनि व्यापक छ मलाई खुशी लागेको छ । बिग बजेटमा एउटा सम्पूर्ण पक्षबाट उत्कृष्ट फिल्म हामीले दिने प्रयास गरेका छौँ । फिल्ममा मेरो भूमिका किंगको नै हो, म समाजमा आफ्नो मर्जिको किंगको रुपमा फिल्म भित्र देखिन्छु । किंग हरेक मान्छे भित्र लुकेको हुन्छ, तपाई पनि आफ्नो मर्जिको किंग हो र म पनि ।”

त्यस्तै अर्का अभिनेता अनुप बिक्रम आफुलाई सधै झैँ एक्सन फिल्म मन पर्ने र किंग भित्र पनि आफुले एक्सन हिरोकै भूमिका गरेको बताउँछन । तर उनि आफुलाई नेगेटिभ हिरो वा भिलेनको रुपमा नलिन आग्रह समेत गर्छन् । उनि भन्छन, ”मलाई सधै एक्सन थ्रिलर फिल्म गर्न मन पर्छ किंग भित्र पनि त्यस्तै खुराक छन्, फिल्ममा निखिल दाई र म दुबैको रोजाईमा बेनिशा पर्छिन् र उसलाई पाउन हामी दुबैले आफ्नो ठाउँबाट संघर्ष गर्छौं तर म भिलेन भने होईन । हामी दुवै आफ्नो ठाउँमा हिरो हौ मात्र हाम्रो तरिका अनि भूमिका फरक छ ।”

त्यस्तै किंग भित्रकी एक मात्र क्वीन बेनिशा पनि फिल्मलाई लिएर उत्साहित छिन् । ”मलाई लभ स्टोरी फिल्म मनपर्छ, किंगमा लभस्टोरी त छँदै छ मैले गर्न चाहेको एउटा बिग फिल्म जसमा लार्जर देन लाइफ बिषय समावेस होस् यो फिल्म किंग भित्र मैले गर्न पाएको छु । यसकारण म खुशी एबं उत्तिकै उत्साहित पनि छु ।”

सबिर श्रेष्ठ निर्देशित किङ्गलाई जेएस इन्टरटेनमेन्टको ब्यानरमा जयन श्रेष्ठले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu