ठुलोपर्दा डटकम, काठमाण्डौ।
घोषित फिल्म ‘कसले चोर्यो मेरो मन फेरी’लाई पर सार्दै अभिनेत्री रेखा थापाले नयाँ फिल्म निर्माणको घोषणा गरेकी छिन् । रेखा फिल्मस्ले निर्माण गर्ने नयाँ फिल्मको नामाकरण ‘रुद्र प्रिया’ गरिएको छ ।
फिल्मको शिर्ष भूमिकामा रेखा नै देखिनेछिन् । यो फिल्मलाई ‘माला’ निर्देशक सुदिप भूपाल सिंहले निर्देशन गर्नेछन् । चैतदेखि छायांकन सुरु हुने रेखाको ‘रुद्र प्रिया’ आगामी दशैँमा रिलिज हुनेछ । सुरेश अधिकारीको संगीत रहने रेखाको फिल्मलाई संजय लामाले छायांकन गर्नेछन् ।
सरस्वती थापा निर्माता रहने फिल्म ‘रुद्र प्रिया’मा सिम टिभिका मेनेजिङ डिरेक्टर रमेश पौडेलले पचास प्रतिशत लगानी गर्नेछन् । ‘रुद्र प्रिया’ नारी प्रधान हुने बताईएको छ ।
यो चलचित्रमा रेखाको साथमा अर्पण थापा र सुदर्शन थापाको पनि अभिनय रहनेछ ।