विवेकशील नेपालीसँग कलाकर्मीको जम्काभेट



chiyapanठुलोपर्दा डटकम, काठमाण्डौ। ऊर्जाशील, सकारात्मक, प्रतिबद्ध र विकशिल नेपालीहहरूको नयाँ राजनीतिक शक्ति-समूह “विवेकशील नेपाली”का विवेकशील स्वतन्त्र उमेद्वारहरुसँग कलाकर्मीको चियापान भएको छ। काठमाडौँ- १, ४, ५ र ८का विवेकशील स्वतन्त्र उमेद्वारहरु गोविन्द नारायण, सन्तोष प्रधान, उज्वल थापा र पुकार बमको आतिथ्यमा नेपाली कला, सङ्गीत तथा चलचित्र क्षेत्रका केहि व्यक्तित्वहरुसँग अन्तर्क्रिया समेत भएको थियो।

मिस नेपाल फस्ट रनरअप साहना बज्रचार्य, अभिनेत्री निशा अधिकारी, रेमनदास श्रेष्ठ, दिया मास्के, गौरब पहाडी, संगितकार कालीप्रसाद बस्कोटा, कल्याण सिंह, राम सिटौला, गायक हेमन्त राणा , सन्तोष लामा, निर्णय श्रेष्ठ (निर्णय द एन एस के), निर्देशक प्रचन्ड श्रेष्ठ, संचारकर्मी सुरज गिरी, आभुषण गौतम, अनुज थापा १,००००० भन्दा बढी युबाहरुलाई मोटिभेसनल तथा लिडरशिप ट्रेनिङ दिएका रमण नेपाली लगायतको उपस्थिती थियो। कार्यक्रममा नेपाल हाम्रो घर हो डेरा हैन नामक भिडियो मार्फत बिबेकशिल नेपालीका उमेददारहरुले देश बनाउनको लागि गौतम बुद्द या पशुपती आएर देश बनाउने हैन, हामीहरुले नै बनाउनुपर्छ भन्ने सन्देश दिएका थिए ।

कलाकर्मीहरुले विवेकशिल नेपालीले संविधान सभाको चुनावमा उठ्नुको कारण, अहिले सम्मको उपलब्धी र आगामी योजनाहरुको बारेमा चर्चा गरेका थिए । ‘विवेकशील नेपाली’को मतदान चिन्ह कुकुर हो।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu