चुनाव पछि ‘लोफर’को आशा, जन्मदिन पछिको भविष्यवाणी सार्थक होला त ?



lofar_Nepali movieठुलोपर्दा डटकम, काठमाण्डौ। आसन्न संविधानसभाको निर्वाचनको कारण धमिलिएको नेपाली चलचित्रको बजार चुनावपछि छवि ओझाको चलचित्र ‘लोफर’ले साम्य पार्ने आशा गरिएको छ। प्रतिक्षित उक्त चलचित्र मंसिर २१ गते रिलिज हुँदैछ ।

यसअघि रेखा थापाको चलचित्र ‘काली’सँग दशैँको फुलपातीको दिन रिलिज गरिने भनिएता पनि छविले मंसिर २१ को लागि सारेका थिए। रेखाको फिल्मसँग नजुधाएर सारिएको हल्ला चलेता पनि छविले आफ्नो जन्मदिनपछिको रिलिजमा राम्रो हुने ज्योतिषको सल्लाहअनुसार रिलिज सारेको केहि सञ्चारमाध्यममा प्रतिक्रिया दिएका थिए। उनको जन्मदिन मंसिर सात गते हो।

यसपाली भने ठूला मल्टिप्लेक्स तार्गेट गरेर चलचित्र बनाएका छविको ‘लोफर’ रिलिजको समयमा कुनै  ठुला वलिउड चलचित्रको रिलिज अहिले सम्म तय भएको छैन, जसका कारण मल्टिप्लेक्समा ‘लोफर’को राज हुन सक्नेछ।

द्वन्द्वात्मक प्रेमकथा र कमेडी समेटिएको निर्देशक आदित्य विक्रम लम्साल र नायिका रजनी केसीले डेब्यू गरेका छन्। छविले यि दुवै नवप्रवेशीको कामको तारिफ गरिरहेका छन्। आर्यन सिग्देल, दयाहाङ राई, कमलमणी नेपाल, सुशिलराज पाण्डे, अनुपम शर्मा, सागर लम्साल ‘क्षेत्री’, रजनी केसी लगायतका कलाकारको अभिनय रहेको छ। लोफरमा
सोनाल सापकोटाको संगीत, मदन कास्यप घिमिरेको छायाँकन, चन्द्र पन्तको द्धन्दनिर्देशन तथा कविराज गहतराजको करियोग्राफी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu