पसलमा झाडु पोछा लगाउँथिन् शाहरुखकी हिरोइन् माहिरा



srk-and-mahira-khan

ठुलोपर्दा डटकम, काठमाण्डौ।
शाहरुख खान स्टारर ‘रईस’ले शुरुआती ५ दिनमा ९३ करोड कलेक्शन गरेको छ । बक्स अफिसमा तीव्र रफ्तारमा दौडिरहेको फिल्ममा शाहरुखकी लेडी लभको भूमिका पाकिस्तानी एक्ट्रेस माहिरा खानले निभाएकी छिन् ।

माहिरा चर्चित तथा हाईएस्ट पेड पाकिस्तानी एक्ट्रेसमा पर्छिन् । माहिराको बारेमा यो कुरा थाहा पाउँदा तपाईँलाई अचम्म लाग्न सक्छ की उनले कुनै दिन पसलमा झाडु पोछा लगाउने काम गर्थिन् ।

– माहिराको जन्म २१ डिसेम्बर, १९८४ मा पाकिस्तानको कराँचीमा भएको थियो ।
– उनका पिता हफीज खान दिल्लीमा जन्मिएका थिए । भारत-पाकिस्तान छुट्टिँदा पाकिस्तान सिफ्ट भएका थिए ।
– कराँचीको फाउण्डेशन पब्लिक स्कूलमा माहिराले पढेकी हुन् । उनि सत्र बर्षको उमेरमा उच्च शिक्षाको लागि अमेरिका गएकी थिइन् ।
– क्यालिफोर्नियाको यूनिभर्सिटीमा अंग्रेजी साहित्यको लागि गएपनि एक बर्षमा नै कलाकार बन्न पढाई छाडिन् ।
– यूसएसमा पढाईको क्रममा उनले एक रेष्टुरेण्टमा वेट्रेसको पार्ट टाईम जब गरेकी थिइन् ।
– यति मात्र होइन यूएसमा पढ्ने बेला उनले एक पसलमा काम गर्थिन् । यो पसलमा उनले क्यासियर देखी झाडु पोछा लगाउने काम सम्म गर्थिन् ।

श्रोत: बलीउड भास्कर

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu