देशको राजिनीतिले राम्रो मान्छेलाई पागल बनाउँछः मेन्टल



mentalठुलोपर्दा डटकम, काठमाण्डौ। यतिबेला नेपाली राजनीतिको शिकारले देशका प्रायः मानिस पिडित छन्। उत्कर्षमा पुगेको राजनैतिक विवाद, बन्द, हड्ताल र अन्यौल निर्वाचनका कारण जनताले यतिसम्म सास्ती पाएका छन् की उनिहरु राजनेताको नाम पनि सुन्न चाहँदैनन्। यस्तो समयमा नेपाली चलचित्र उद्योगमा एउटा चलचित्र बनेको छ, जसले देशको खराब राजनीतिले एक असल व्यक्तिलाई पागल समान बनाउँछ भन्ने देखाउनेछ।

‘मेन्टल’ नाम दिईएको सो चलचित्रलाई सरोज पौडेलले निर्देशन गरेका छन्। भर्खर सम्पादन सकिएको मेन्टल माघ पहिलो साता हलमा आउनेछ। प्रितम पाण्डेले सम्पादन गरेको सो चलचित्रलाई केहर सिंह भण्डारी, हरि क्षेत्री र सुदन धितालले बनाएका हुन्। अर्जुन पोखरेलको संगित रहेको सो चलचित्रमा प्रथम खड्का र पुजा भट्टको मूख्य अभिनय रहेको छ।

जि.एस.एम. मिडिया क्याम्पको प्रस्तुतीमा बनेको मेन्टललाई राजेन्द्र सापकोटाले खिचेका छन्। चलचित्रमा समावेश गीतमा दुर्गा खरेल र योगेन्द्र गुरुङ्को स्वर तथा अमृत रेग्मीका शब्द रहेका छन्।

Wath Mental Song Here:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu