नेपालगंजबाट ‘ग्याङ्गस्टर ब्लूज’ फिल्मांकन सुरु



aashirman-and-aana

ठुलोपर्दा डटकम, नेपालगञ्ज।
महिनौं पहिले निर्माण घोषणा गरिएको फिल्म ‘ग्याङ्गस्टार ब्लूज’ अन्तत: फ्लोरमा गएको छ । हेमराज बिसीको ‘एक्शन कट’सँगै पश्चिम नेपालको नेपालगंजबाट फिल्मको छायांकन सुरु भएको हो ।

बाँकेको नेपालगंज, मुगुको रारा ताल र खप्तडमा फिल्म खिचिनेछ । निर्माता सरोज न्यौपानेले ५० दिनको छायांकन सेड्युअल लिएर आफुहरु फ्लोरमा गएको बताए ।

फिल्मांकन सुरु हुनु एक हप्ता पहिले नै निर्माता, निर्देशक, प्राविधक तथा कलाकारहरुको टोली नेपालगंज पुगेको थियो । छायाँकन स्थल, त्यहाँको रहनसहन बुझेपछि अन्तत: सोमबारबाट फिल्मको छायाँकन सुरु गरिएको न्यौपानेले बताए ।

मनिष पण्डित कार्यकारी निर्माता रहेको फिल्ममा ‘जेरी’ डेब्यू गर्ल आना शर्मा, आशिरमान देशराज, संयम पुरी, रोजिशा शाहि ठकुरी लिड अभिनयमा हुनेछन् ।

छायांकन पुर्व नै एक प्रकारको हाईप बनाएको फिल्मलाई आशाको नजरमा हेरिएको छ । त्यसो त यो फिल्मबाट डेब्यू गर्दै गरेका अभिनेता आशिरमानलाई उदयिमान स्टारको उपमा फिल्मकर्मीहरुले दिईसकेका छन् । फिल्मलाई अर्को बर्षको भदौमा रिलिज गर्ने निर्णय निर्माण टिमले गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu