देशभरका छ शहरमा आउँदैछन् हाँस्यकलाकारहरु



6-ekaan-6ठुलोपर्दा डटकम, काठमाण्डौ। पौष २६ मा चलचित्र हलमा आउने हाँस्यकलाकारहरु नेपालका प्रमूख छ शहरमा आउने भएका छन्। हाँस्यकलाकारकै लगानीमा दिनेश डिसीको निर्देशनमा बनेको नेपाली चलचित्र ‘छ एकान छ’को प्रचारको लागि  शिवहरी पौडेल, जितु नेपाल, मेरी बास्सैका केदार शर्मा (माग्ने बुढा) र सिताराम कट्टेल (धुर्मुस), सन्दिप क्षेत्री लगाएतका कलाकारहरु तपाईँको शहरमा आउने बताईएको छ।

सो क्रममा पोखरा, नारायणघाट, हेटौडा, धरान, दमक र वुटवलमा ‘छ एकान छ साँझ’ हुनेछ। सो चलचित्रका ६ जना मुख्य कलाकारमध्ये प्रत्येक शहरमा एकजना जाने बताईएको छ । साँझ छ बजे हुने कार्यक्रममा ‘छ एकान छ’ सँग सम्बन्धित प्रश्न उत्तर हुनेछन्को जसमा सही जवाफ दिनेलाई ‘छ एकान छ’ लेखिएको टिसर्ट प्रदान गरिनेछ।

पौष २६ गते तितो सत्य, जिरे खुर्सानी र मेरी बास्सैका कलाकार नयाँ अवतारमा हलमा आउँदै छन्। चर्चित आरजे, भिजे तथा कलाकार दिनेश डिसीको निर्देशनमा तयार ‘६ एकान ६’मा नायक राजबल्लभ कोईराला, निर शाह र गजित बिष्टको बिशेष भुमिका रहेको छ। छ जना हिरोकी एउटी हिरोईन बनेर निता ढुंगानाले अभिनय गरेकी छिन्।

कमेडी एक्शन चलचित्र ‘६ एकान ६’मा  शम्भुजित बास्कोटाको संगीत, एनबी महर्जनको द्वन्द्व, गम्भिर बिष्टको नृत्य, पुरुषोत्तम प्रधानको क्यामेरा रहेको छ। दिपक राज गिरीको कथामा बनेको सो चलचित्रमा बरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्यले निर्देशक डिसीसँगै शिर्ष गीत गाएका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu