‘नबी मुम्बइ अन्तराष्ट्रिय चलचित्र महोत्सव’मा नेपाली चलचित्र



NMIFFठुलोपर्दा डटकम, काठमाण्डौ। २०१४ को मार्चमा हुने ‘नबी मुम्बइ अन्तराष्ट्रिय चलचित्र महोत्सव’मा नेपाली चलचित्रहरुको पनि सहभागिता रहने भएको छ। यो महोत्सवमा ५ बर्ष यताका फिल्महरुले सहभागिता जनाउन पाइने बताईएको छ।

नेपाली फिल्मलाई विश्व बजारीकरण गर्ने उद्देश्यले उक्त नेपाली चलचित्रलाई सहभागिता जनाउन अनुरोध गरिएको महोत्सव प्रचार-प्रसारका लागि नेपाल आएका नेपाली यूवा बिसारथ बस्नेतले बताए । ‘नबी मुम्बइ अन्तराष्ट्रिय चलचित्र महोत्सव’  सहभागीता हुन डिसेम्बर २०१३ सम्म दर्ता खुल्ला गरिएको बस्नेतले बताए। महोत्सवमा लघु चलचित्र, वृत्तचित्र तथा ठुलोपर्दाका चलचित्रहरुले सहभागीता पाउनेछन्। अर्जेन्टिना, साईबेरिया, ब्राजिल, सिरिया, बंगलादेश लगाएतका देशहरुबाट छ सय चलचित्रहरुको सहभागिता रहने छ भने र ५० चलचित्र प्रदर्शन हुनेछन्।

३१ बर्षिया मकवानपुरे युवा बिसारथ बस्नेत विगत १६ बर्षयता मुम्बइमा कलाकारिता गर्दैछन्। मुम्बइ बसेर पनि नेपाली चलचित्रको विकासमा र विश्वव्यापीकरणमा योगदान दिइरहेका बस्नेत भारतिय रंगमञ्चका चिनिने कलाकार हुन्। बस्नेतले बिभिन्न भारतिय च्यानलका टेलिश्रृंखलाका लागि स्क्रिप्ट लेख्ने काम पनि गर्छन् भने विज्ञापन तथा लघु चलचित्रमा अभिनय साथै सहनिर्देशन समेत गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu