‘निर्भय’: देशभक्त सिपाहीको कथा



nirbhay

ठुलोपर्दा डटकम, काठमाण्डौ।
चैत्र ११ मा रिलिज हुने नेपाली चलचित्र ‘निर्भय’को बारेमा अभिनेता निखिल उप्रेती बोलेका छन् । निखिलका अनुसार ‘निर्भय’ एक सच्चा नेपाली अनि देशभक्त सिपाहीको कथा हो ।

‘सच्चा र ईमान्दार बनेर अघि बढ्दा ईमान्दार बनेकै कारण एक नागरिक अनि प्रहरीको जीवनमा आईपर्ने अफ्ठ्यारा परिस्थिती अनि बाधा व्यवधानको कथा फिल्मले बोल्छ’ निखिलले भनेका छन्, ‘ईमान्दार बनेकै कारण आईपर्ने परिस्थितीमा हटेर होईन डटेर अघि बढ्नुपर्छ, सफलता टाढा छैन्, आफ्नो अधिकार पाउन जस्तोसुकै परिस्थिती आईपर्दा पनि निडरताका साथ अघि बढ्नुपर्छ, फिल्मको मुख्य सार हो’ ।

चलचित्रमा विसुद्ध पारिवारिक फिल्म, सेन्टिमेन्ट पाटो राम्रो रहेको बताईएको छ । ‘भयरहित जीन्दगी कसरी जिउँने त्यो पाठ पनि सिकाउँछ । नीतासँग मेरो जोडी राम्रो जमेको छ’ अभिनेताले बताए । उनले निर्देशक मधुसुदन भट्टराईको समेत तारिफ गरे । ‘ निर्देशक मधुसुदन भट्टराईले एउटा राम्रो अनि उत्कृष्ट फिल्म बनाउन कुनै कसुर बाँकी राखेका छैनन् । दर्शकलाई पुर्ण मनोरञ्जनको खुराक ‘निर्भय’ बनेको छ’ उनले थपे ।

निखिलले को-एक्टर नीता ढुङ्गानालाई मेहनती, काम प्रति चनाखो, जिम्मेवारीबाट कहिल्यै पन्छिन नखोज्ने नायिका भएको बताए । यो चलचित्रमा निखिल र नीताको अलावा विकास चापागाईं, प्रदिप ढकाल, सुशिल पोखरेल, प्रज्वल गिरी, रश्मी भट्ट लगायतको अभिनय छ । चलचित्रलाई देविप्रसाद पाण्डेले बनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu