ठुलोपर्दा डटकम्, काठमाडौं ।
शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘लप्पन छप्पन’ले राम्रो ओपनिङ गरेको छ । पहिलो दिन नै ५० प्रतिशत आसपासको अकुपेन्सी सहित सुखद ओपनिङ गरेको फिल्मले शनिबार त्यो भन्दा राम्रो विजनेस गर्न सफल भयो ।
शनिबार बिदाको दिन पर्दा ‘लप्पन छप्पन’ले देशभरका अधिकांश हलमा हाउसफुल विजनेस गर्यो । वितरक गोविन्द शाहीले शनिबार ८५ प्रतिशत आसपासको अकुपेन्सी फिल्मको रहेको बताए । मल्टिप्लेक्स अनि सिंगल स्कृन दुबैतिर दर्शकले फिल्मलाई राम्रो साथ दिएका थिए ।
फिल्मको वर्ड अफ माउफ भने औसत छ । कतिले राम्रो बोलेका छन् भने मुकुन्द भट्ट निर्देशित फिल्मलाई कतिपय दर्शकले अझै सोचेअनुसार नपाएको गुनासो पोखेका छन् ।
दयाहाङ राई, सौगात मल्ल, अर्पण थापा जस्ता मल्टिस्टारको बाहुल्यता रहेको फिल्ममा बर्षा शिवाकोटी, सिड खरेल र प्रकाशजंघ शाह लिड अभिनयमा छन् ।
शनिबार राजधानीका केहि हलमा अधिनेता दयाहाङ राई सहितको कलाकारको टोली पुग्दा दर्शकले तश्विर र सेल्फी खिचे अनि दयाहाङलाई घेरे । फिल्मको विजनेस अनि दर्शकको साथबाट दयाहाङ पनि प्रफुल्लित देखिन्थे ।
सुखदशुक्रबार ५० प्रतिशत अकुपेन्सी महसुस गरेको फिल्मले शनिबार उत्कृष्ट व्यापार गर्न सक्यो । फिल्मले शनिबार देशभर ८५ प्रतिशतको अकुपेन्सी महसुस गरेको वितरक गोविन्द शाहीले बताए ।
धेरै जसो छायांकन युरोपमा भएको ‘लप्पन छप्पन’ले ट्रेलर रिलिज भएसंगै एक किसिमको हाइप बनाएको थियो । फिल्मलाई डम्बर चन्द र विष्णुप्रासाद खरेलले मिलेर निर्माण गरेका हुन् ।चन्द्र पन्तको द्वन्द्व रहेको फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् ।