ठुलोपर्दा डटकम, काठमाण्डौ। २०७४ बैशाख १ मा रिलिज हुने नेपाली चलचित्र ‘लभ लभ लभ’ ‘फास्टफुड’ शैलीको प्रेमकथामा नरहेको निर्देशक दिपेन्द्र के खनालले बताएका छन् ।
उच्च मेकिङ् र प्रेमकथा बोल्ने फिल्मको भिडमा बेग्लै स्वादको दाबी रहेको यो चलचित्रको बारेमा बोल्दै खनालले पछिल्लो समय मौलाउँदो फास्टफुड लभ भन्दा माथीको कथामा चलचित्र बनेको बताएका छन् । ‘लभ स्टोरी भन्दैमा यो जनराका आम फिल्मकै लाईनमा ‘लभ लभ लभ’लाई म लिन्न, ‘मेरो फिल्मले पछिल्लो समय मौलाउँदो फास्टफुड लभ भन्दा माथीको कथा बोल्छ’, खनालले बताए ।
अमृत पाण्डेको प्रस्तुती अनि शर्मिला पाण्डेको निर्माणमा बनेको ‘लभ लभ लभ’ले टिकट काटेर हलमा पुग्ने दर्शकहरुलाई न्याय गर्ने दाबी निर्माण पक्षको छ । निरज कंडेलले खिचेको फिल्ममा सुरज पाण्डे र स्वस्तिमा खड्का प्रमूख अभिनयमा छन् ।
यहि चलचित्रबाट सुरजले डेब्यू गरेका हुन् । उनले यसअघि बाल कलाकारको रुपमा आधा दर्जन चलचित्रमा काम गरिसकेका छन् ।