‘टिनेज’ सकिनासाथ हिरो | दिपकको भाग्य दाहिनै हो त ?



deepak-kadelविकास लामिछाने, काठमाण्डौ। कतिपय यस्ता कलाकार छन् जो एउटा चलचित्र या म्यूजिक भिडियोमा अभिनय गरेपछि गुमनाम हुन्छन्, क्षमता हुँदाहुँदै पनि गुफा बाहिर आउन सक्दैनन्। अक्सर यस्ता व्यक्ति भेटिन्छन् जसले पछाडी फर्केर हेर्नैपर्दैन। ती मध्ये एक हुन्, दिपक कँडेल।

नवलपरासीमा जन्मिएर काठमाण्डौलाई कर्मथलो बनाएका दिपकलाई भ्याईनभ्याई छ। ‘फुटपाथ’ नामक चलचित्रका हिरो उनलाई च्यारिटी शो भएको सो चलचित्रमा दर्शकले चित्त बुझाएपछि अझै व्यस्तता बढेको छ। लगत्तै मंसिर ७ गतेबाट नयाँ चलचित्र ‘१४ फेव’मा अभिनय गर्दैछन्। त्यसपछि ‘सैनिक’ नामक चलचित्र पनि उनकै हातमा छ।
dipak
भर्खर ‘टिनेज’ पार गरेका दिपक म्यूजिक भिडियो र टेलिश्रृंखलामा पनि अभिनय गर्दै आएका छन्। ‘मेरो भाग्य दाहिनै छ क्यारे, पछाडी फर्किनु परेको छैन। प्रतिक्रिया पाउँदा अब पनि नपर्ला जस्तो लाग्छ’ ठुलोपर्दा डटकमसँगको कुराकानीमा दिपकले बताए।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu