होस्टल अझै चल्दै | गुण हलमा १०५ दिन पुग्यो



hostel-1ठुलोपर्दा डटकम, काठमाण्डौ। अघिल्लो चलचित्र ‘सायद’ ७१ दिनसम्म चलाएका निर्माता सुनिल रावलको यस बर्षको हिट चलचित्र ‘होस्टेल’ १०५ दिनमा शनिवार चलिरहेको छ। राजधानीमा गुण हलमा होस्टेल अझै चल्दैछ।

‘सायद ७१ दिन चलेको थियो, होस्टेल मेरै ब्यानरको रेकर्ड तोडेर आज १०५ दिनमा चल्दैछ’ शनिवार ठुलोपर्दा डटकमसँगको कुराकानीमा निर्माता रावलले भने ‘मलाई अझै राम्रा चलचित्र बनाउन दर्शकले उर्जा दिनुभएको छ’।

अनमोल केसी, सलोन बस्नेत, गौरव पहाडी, पकृती श्रेष्ठ, रिश्ता बस्नेत लगाएतका कलाकारहरुको अभिनय रहेको ‘होस्टेल’लाई नव-निर्देशक हेमराज बिसीले निर्देशन गरेका हुन्।

विश्व बजारमा यो चलचित्र रिलिज भइरहेको छ। अमेरिका, बेलायत र अष्ट्रेलियामा प्रदर्शन भइसकेको यो होस्टेल अब युरोप लगायत अन्य देशहरुमा रिलिज हुने बताईएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu