डाँको छोडेर रुँदै बिरामी कलाकार दीपक क्षेत्रीले भने, ‘यता न उताको भयो जीवन’ (भिडियो)



नेपाली चलचित्रका पुराना प्रभावकारी कलाकार दीपक क्षेत्री यतिबेला बिरामी अवस्थामा छन् । आर्थीक अभावको कारण उनको उपचार हुन नसकेपछि हाल उनलाई सहयोग जुटिरहेका छन् ।

चलचित्र पत्रकार संघ नेपालले क्षेत्रीको उपचार सहयोग अभियान चलाएको छ भने प्रवासमा हुने नेपालीहरुबाट पनि सहयोग प्राप्त भएका छन् ।

घाँटीमा मासु पलाएर बोली बन्द हुने अवस्थामा पुगेका दीपक क्षेत्रीसँग ठुलोपर्दा टिभिले एक भिडियो कुराकानी गरेको छ । यो कुराकानीमा कलाकार क्षेत्री डाँको छोडेर रोएका छन् ।

क्षेत्रीले आफुलाई नेपाली चलचित्र सम्बन्धित कुनै पनि संस्थाबाट सहयोग नभएको बताएका छन् । साथै उनले नेपाल सरकारलाई पनि निवेदन दिएको तर सुनुवाई नभएको भन्दै दु:ख पोखेका छन् ।

हेर्नुहोस् भिडियो कुराकानी:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu