चलचित्र ‘हिटलर’को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । ‘खुशीहरु बढ्दै जान्छ’ बोलको गीतको भिडियोलाई आकर्षक तरिकाले खिचिएको छ । रारा तालमा खिचिएको गीतको भिडियो उत्कृष्ट मानिएको छ ।
जेठ १२ मा रिलीज हुने यो चलचित्रको सार्वजनिक गीतमा मुख्य कलाकार सोहित मानन्धर र समिया बर्तौलालाई फिचरिङ गरिएको छ । सनुप पौडेल र आकांक्षा बस्यालाको स्वर रहेको गीतमा नरेश भट्टराइको शब्द, लोचन घिमिरेको संगीत छ ।
कमेडी तथा लभस्टोरी बिषयमा बनेको यो चलचित्रको ट्रेलर भन्दा गीत अगाडि सार्वजनिक गरिएको हो । यो चलचित्रमा मेनुका प्रधान, ए गुरुङ, दिवस धिताल लगायतका कलाकारको पनि अभिनय छ ।
चलचित्रमा पटकथा तथा निर्देशक सौरभ ढकालको छ । किचमान चित्रकारको कथा रहेको चलचित्रमा मित्र डी गुरुङको सम्पादन, अरुणराज पौडेलको छायांकन, सूर्य थोकर लामाको एक्सन, कृष्ण के अच्छामीको कोरियोग्राफी छ ।
चलचित्रका कार्यकारी निर्माता वुद्ध रत्न मानन्धर, त्रिरत्न मानन्धर, रामविर मानन्धर र मनिराम मानन्धर हुन् भने चिनिमाया मानन्धर निर्माता हुन् ।
गीत हेर्नुहोस्: